५ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, दिउँसो ३ बजे बोलकबोल

५ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, दिउँसो ३ बजे बोलकबोल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार ५ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्रीको बोलकबोल गर्ने भएको छ।

बैंकले एक सूचनामार्फत बोलकबोलका माध्यमबाट उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो । केन्द्रीय बैंकले माघ २६ गते सोमबार उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्नेछ ।

राष्ट्र बैंकले ९१ दिने १० करोडको र एक वर्षे ५ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्नलागेको हो। १० करोडको ट्रेजरी बिल आगामी वैशाख २८ गते र ५ अर्बको ट्रेजरी बिले ०७८ माघ २५ गते परिपक्व हुनेछ।

यसअघि गत १९ गते पनि राष्ट्र बैंकले १० अर्ब १० करोडको ट्रेजरी बिक्री गरेको थियो। बोलकबोलका लागि इच्छुक बैंक तथा वित्तीय संस्थाले अनलाइनबाट आवेदन दिनुपर्नेछ।

Recent Comments

No comments to show.