काठमाडौँ । सरकारले सोमबारदेखि कूटनीतिक कर्मचारी र पत्रकारलाई प्राथमिकतामा राखेर दोस्रो चरणको खोप अभियान सुरु गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार दूतावास, यूएन एजेन्सीका कर्मचारी र पत्रकारलाई प्राथमिकतामा राखेर सोमबारदेखि दोस्रो चरुणको कोभिड-१९विरुद्धको खोप अभियान सुरु गरिने भएको हो ।
माघ १४ देखि शनिबारसम्मको पहिलो चरणमा १ लाख ८१ हजार ८ सय ५७ जनाले खोप लगाएका छन् । पहिलो चरणको खोप लगाइसकेपछि जोखिमका आधारमा सूची तयार पारिएको हो । काठमाडौंको सिभिल, शिक्षण, सहिद गंगालाल र ललितपुरको पाटन अस्पतालमा दोस्रो चरणको खोप लगाइने मन्त्रालयमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार सिभिल अस्पतालमा पत्रकारलाई र पाटन अस्पतालमा यूएन एजेन्सीमा कार्यरत तथा विदेशी कर्मचारीलाई खोप लगाइनेछ । यस्तै शिक्षण अस्पताल महारागन्ज र बाँसबारीस्थित सहिद गंगालाल अस्पतालमा दूतावास तथा कूटनीतिक नियोगमा कार्यरत व्यक्ति तथा विदेशी कर्मचारीमा आश्रित व्यक्तिलाई खोप दिइनेछ ।
सरकारले यही माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको थियो । पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, शव वाहन चालक, स्वास्थ्य स्वयंसेविका लगायतलाई खोप दिइएको छ ।
प्रतिक्रिया