परिवर्तनलाई संस्थागत गर्न सक्नुपर्छ : नेता डा. महत

परिवर्तनलाई संस्थागत गर्न सक्नुपर्छ : नेता डा. महत

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगन्ज। नेपाली कांग्रेसका नेता डा. रामशरण महतले भण्डै दुईतिहाइको मत प्राप्त सरकारले पार्टीको आन्तरिक कलहका कारणले संसद् विघटन गर्नु दुःखद भएको बताए। 

नेपाली कांग्रेसका शुभेच्छुक संस्थाद्वारा संयुक्त रूपमा वीरगञ्‍जको घण्टाघरमा आयोजित विरोधसभामा बोल्दै उनले संसद् विघटनले मुलुकमा आर्थिक, सामाजिक र राजनीतिक सङ्कट सिर्जना भएको आरोप लगाए। 

नेता महतले अब कांग्रेस पार्टीलाई सबै नागरिकको भरोसाको केन्द्र बनाउन आवश्यक रहेको बताउँदै कांग्रेसले संविधानको रक्षा गर्दै ७० वर्षदेखिको परिवर्तनलाई समेत संस्थागत गर्न सक्नुपर्नेमा जोड दिए। 

नेपाल ट्रेड युनियन कांग्रेस पर्साका अध्यक्ष छोटेलाल साहको अध्यक्षतामा सम्पन्‍न भएको सभामा कांग्रेस पर्सा अध्यक्ष अजय द्विवेदीले मुलुकमा बढ्दै गएको अपराध, महंगी, भ्रष्टाचारलाई नियन्‍त्रण गर्न सरकार चुकेको आरोप लगाए। 

यसअघि नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरूले प्रतिनिधिसभा विघटनविरूद्ध आज वीरगञ्‍जको घण्टाघर चोकबाट  विरोध जुलुस निकालेका थिए। 

रासस

Recent Comments

No comments to show.