काठमाडौं । नेपालमा बाइक चलाउनेको संख्या दिनप्रतिदिन बढ्दै गएका छन् ।
त्यसै अनुसार पेट्रोलको माग दिनप्रतिदिन बढ्दै गएको छ । र पेट्रोल महंगिदै पनि गएको छ ।
यदि मोटरसाइकलले धेरै पेट्रोल खाएमा पेट्रोल बचाउनको लागि यी निम्न टिप्स अपनाउँदा मोटरसाइकलको माइलेज धेरै बढ्छ ।
यी हुन् कम पेट्रोल खपत गर्ने उपाय
१. मोटरसाइकललाई एउटै स्पिडमा चलाईराख्ने कासिस गर्नुपर्दछ । स्पिड नियन्त्रणमा राख्दा बाईकको माईलेज बढ्ने गर्दछ ।
२. मोटरसाइकल चलाईराखेको समयमा क्लच दबाईराख्नु हुदैन् । क्लच समाईराख्दा बाईकको माईलेजमा कमी आउँछ । क्लचलाई आवश्यक समयमा मात्रै दबाउने गरेमा बाईकले राम्रो माईलेज दिन्छ ।
३. इन्जिनको लागि स्विच अन गरेर सेल्फ स्टार्ट गर्नुपर्दछ । त्यसपछि एक्सिलेटर नदबाई १० देखि १५ सेकेन्ड सम्म छोड्नु पर्दछ । यस्तो गर्दा पेट्रोलले ईन्जिन सम्म पुग्नको लागि समय पाँउछ ।
४. मोटरसाइकल चलाउँदा एक्कासी पहिलो गियरबाट अन्तिम गियरमा ल्याउनु हुदैन् । साथै शहरीक्षेत्रमा मोटरसाइकल चलाईरहेको अवस्थामा विनाकारण ब्रेक र क्लच दबाईरहनु हुदैन् ।
५. मोटरसाइकल चलाईरहेको अवस्थामा पेडल ब्रेकलाई दबाईराख्नु हुदैन् । यसरि ब्रेकलाई दबाईराख्दा मोटरसाइकलले कम माईलेज दिने गर्छ । यसको साथै इन्जिनलाई अगाडि वा साईडबाट छोप्नु हुदैन ।
६. यदि तपाई ट्राफिक सिग्नलमा हुनुहुन्छ र ३० सेकेन्ड भन्दा धेरै रोकिनुपर्छ भने स्टार्ट अफ गर्नुस् । अधिकांश मानिसले यसबाट केहि फरक पर्दैन भन्ने सोच्छन् तर यस्तो बानीले पनि इन्धनको खपत घटाउन ठूलो भुमिका खेल्दछ ।
७. मोटरसाइकलको पर्फमेन्स राम्रो बनाईराख्नको लागि समय समयमा सर्भिसिङ गर्ने, मोबिल फेर्ने गर्नुपर्छ ।
यी कुराहरुमा ध्यान दिएका मोटरसाइकलले धेरै पेट्रोल खपत गर्ने समस्याबाट केहि हदसम्म छुट्कारा पाउन पकिन्छ ।
प्रतिक्रिया