दिपक घिमिरे
काठमाडौं । सामाजिक संजालको प्रयोग अहिले यतिसम्म बढेको छ कि मान्छेको सुख दु:ख, राजनीति सबै प्रकारका मेसो बिसाउने स्थान बनेको छ ।
यसको सदुपयोग पनि भएको छ, दुरुपयोग पनि भएको छ । अहिले फेसबुक लगायतका सामाजिक सञ्जालहरुमा सरसामान बेच्ने राम्रो प्लेट फर्म समेत बनेको छ । यसैलाई व्यवस्थित गर्न नेपाल सरकारले नियमावली समेत ल्याउदै छ ।
अब कुरा आउछ यस्ता सञ्जालबाट के–के बेच्न सकिन्छ भन्ने प्रश्न हो ? तर सामाजिक सञ्जालमा गाँजासम्म पनि बेच्ने गरेको फेला परेको छ ।
अहिले समाजिक सञ्जाल लगायतमा श्रम गरेको पैसा दिएन भनेर निकै नै भाईरल भईराखेका हेटौडाका मुकेश पाण्डे गाँजाको ब्यापारी निस्केका छन् ।
उनले सामाजिक सञ्जाल फेशबुकमानै पोष्ट गरेर गाँजा बेच्ने गरेको प्रमाण फेला परेको हो । मुकेशले गाँजाको फोटो पोष्ट गरेर गाजा बिक्रीका लागि रहेको र रक्सी विक्रिमा रहेको लेखेको देखिन्छ ।
सामाजिक सञ्जाल प्रयोग गरेर ऐन कानुन कै धज्जी उडाएका पाण्डेको आफुलाई हेयर स्टाईलिस भन्दै पसलहरुबाट मोटो रकम एण्डभान्स लिने र जालझेल गरेर लिएको पैसा पचाउने गर्ने गरेको खुलेको छ ।
सामाजिक सञ्जालबाट लागुपदार्थ बेच्नेलाई कस्तो कारबाही हुन्छ भन्ने प्रश्नमा महानगरीय अपराध महशाखाका प्रमुख दिपक थापा भन्छन् सबुत प्रमाणसहित भेटिएमा लागुऔषध ऐन अन्तरगत मुद्दा चल्नेछ ।
सामान भेटिएन खाएको भेटिएमा सेवन ऐन अन्तर्गत मुद्दा चल्नेछ । सामाजिक संजालमा हात हतियार लागु पदार्थ दुव्र्यवसनि सबन्धि पोष्ट हालेमा अभद्र मुद्दा चलाउने उनको भनाई छ ।
कति मान्छेले मर्यादाको ख्याल नगरि टिकटक, फेसबुक जस्ता सामाजिक सन्जालमा पोस्ट गर्ने गर्छन त्यस्तालाई सामाजिक सदभाव भंग गरेको र अपराध जन्य प्राविधिको चिज बस्तु राखेर आफुलाइ प्रचार गरेको पाइएमा अभद्र ब्यावाहारमा मुद्दा चल्ले उनले बताए । यसरी कानुनकै धज्जी उडाउने आँट कसरी आयो भन्ने प्रश्न राज्यले खोज्ला कि ?
यता मुकेशले फेसियल हाउसकी सञ्चालिका तथा नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौकी कोषाध्यक्ष सुषमा महरालाई हास्नु न रुनु बनाएको अर्को घटना छ ।
जागिर दिएर ‘गरि खाउ’ भनेकोमा गैर जिम्मेवार बन्दै संस्थालाई घाटा पार्ने, महिला कर्मचारी उपर गिद्धे नजर लाउने, भनेको नटेर्ने, महरालाई नै फसाउने षडयन्त्र बुन्दै हिडने, अरुसँग साठगाँठ गर्दै कु प्रचार गर्ने जस्ता गतिविधीले महरा बिलखबन्दनमा परेकी हुन ।
अझ पेश्की लिएर पोखरा स्थित ब्रान्च सम्हाल्ने गरि कार्य स्थलमा खटाईएकोमा पाण्डेले उल्टो संस्थालाई बदनाम गराएको पाइए पछि महराले पाण्डेलाई एक महिनामै काठमाडौं तान्नु परेको थियो ।
घटना २०७५ फाल्गुण ताकाको भएको महरा बताउछिन । उनी भन्छिन ‘एकदमै नचाहिदो कार्य गरेछी ब्यवस्थापनले निकाल्न वाध्य भयौं । हामीले सकेस्म सुध्रने मौका दिने हो तर भएन उल्टो अरुसँग मिलेर मलाई र मेरो ब्राण्डलाई विगार्न उ लाग्न थाल्यो’ ।
अरुको उक्साहटमा लागेर हौसिनु भन्दा सुध्रिनु नै राम्रो हुने महरा बताउछिन् । नत्र उ झन भन् दुव्यसनको दलदलमा फस्दै जान्छ । नाम परिर्वन गरिएको पोखराकी निकिता भन्छिन ‘मुकेश पोखरा हुदाँ हामीले धेरै चोटी कम्पलेन गरेपछी उनलाई त्यहाबाट हटाईएको हो, उसले पसलमै आएर सेक्सयुल कुरा गर्ने भित्रि अंगहरुमा छुन खोज्ने गर्थ्यो’ ।
यसरी नटवरलालको भुमिका निभाई राखेका मुकेश उल्टै महानगरीय प्रहरी परिसर जनसेवा समेत पुगेको बुझिन्छ । लेनदेन र अग्रिम पैसा लिई करार गरेको विषय भएको बुझे पछि जनसेवाले सम्वधित निकायमा जान भनेको खुलेको छ ।
प्रतिक्रिया