प्रचण्ड-माधव समूहको हड्ताल : गोंगबुमा ट्याक्सीमा आगजनी

प्रचण्ड-माधव समूहको हड्ताल : गोंगबुमा ट्याक्सीमा आगजनी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेकपा प्रचण्ड-नेपाल समूहले आह्वान गरेको आम हड्तालको प्रभाव देखिन थालेको छ । 

काठमाडौँ उपत्यकासहितका स्थानमा बिहानैदेखि जनजीवन प्रभावित भएको हो । 

प्रहरीले बिहानै बन्द गराउँदै हिँड्ने ३० भन्दा बढी कार्यकर्तालाई पक्राउ गरेको छ । यस्तै गोंगबुमा अज्ञात समूहले ट्याक्सीमा आगजनी गरेका छन् । आगलागीबाट प्रदेश ३–०१००२ ज ५८८१ नम्बरको ट्याक्सी पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । 

संवैधानिक निकायहरुमा बलमिच्याई गर्दै नियुक्ति गरेको भन्दै नेकपा प्रचण्ड–नेपाल समूहले आज आम हड्तालको आह्वान गरेको हो ।

Recent Comments

No comments to show.