आज मिती २०७७ साल माघ २२ गते बिहीबार ,तपाइँको आजको राशिफल कस्तो छ ?

आज मिती २०७७ साल माघ २२ गते बिहीबार ,तपाइँको आजको राशिफल कस्तो छ ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग

वि.सं.२०७७ साल माघ २२ गते । बिहीबार । ईश्वी सन् २०२१ फेब्रुवरी ०४ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ कृष्णपक्ष । तिथि–सप्तमी,१७ घडी ०९ पला,दिउसो ०१ बजेर ४३ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–स्वाती,३६ घडी २३ पला,बेलुकी ०९ बजेर २४ मिनेट उप्रान्त विशाखा । योग–गंड,४२ घडी ३९ पला,बेलुकी ११ बजेर ५५ मिनेट उप्रान्त वृद्धि । करण–बव,दिउसो ०१ बजेर ४३ मिनेट उप्रान्त बालव,रातको १२ बजेर ३२ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–स्थिर योग । चन्द्रराशि–तुला । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५१ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४५ मिनेट । दिनमान २७ घडी १६ पला । 

आजको राशिफल 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) 

व्यवसायिक छोटो यात्रा हुनेछ । लगानीमा प्रतिफल मिल्नेछ । पारिवारिक भेटघाट हुनेछ । 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) 

विरोधीहरु पर जानेछन् । राजनीतिमा प्रगति हुनेछ ।वादविवादमा जीत हुनेछ । 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) 

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ ।व्यवसायमा प्रगति हुनेछ । 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) 

वैदेशिक धन आउनेछ । आफन्तबाट असहयोग हुनेछ ।काममा लगानि बढ्नेछ । 

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) 

घरायसी चिन्ता बढ्नेछ । आफन्त नै पर हुनेछन् । महिलावर्गसंग विवाद हुनेछ । 

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) 

प्रेममा शंका बढ्नेछ । काममा जिम्मेवारी थपिनेछ ।दाजुभाइको साथ मिल्नेछ । 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) 

भोजभतेरमा सामेल भइनेछ । वाणीले प्रभाव पार्नेछ ।धनको कारोबार बढ्नेछ । 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) 

मनोरञ्जनमा दिन बित्नेछ । मित्रजन भेटघाट हुनेछ ।किनमेलमा खर्च बढ्नेछ । 

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  

दाजुभाइमा मित्रता बढ्नेछ । आँटेको काम पुरा हुनेछ । पुरानोधनको आकस्मिक लाभ मिल्नेछ । 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) 

सामाजिक प्रशंसा मिल्नेछ । कृषि काममा फाइदा पाइनेछ ।रोजगारीमा प्रगति हुनेछ । 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)  

वैदेशिक काम बन्नेछ । ठुला बडाको साथ मिल्नेछ । परोपकारमा ध्यान जानेछ । 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) 

स्वास्थ्य बाधाको सामना गर्नुपर्नेछ । अध्ययनमा रुचि जानेछ ।अपमानको भय मिल्नेछ ।

Recent Comments

No comments to show.