पत्रकार अधिकारीलाइ ज्यान मार्ने धम्की

पत्रकार अधिकारीलाइ ज्यान मार्ने धम्की

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य एवं अनलाइन पाना डटकमका प्रधान सम्पादक नारायण प्रसाद अधिकारीलाई नेकपाका नेता योगेन्द्र घिसिङले ज्यान मार्ने धम्की दिएका छन् । 

घिसिङले प्रधान सम्पादक अधिकारीलाई केहि दिन अघि फेसबुक म्यासेन्जर तथा मोबाइलमार्फत धम्की दिएका हुन् । 

अधिकारीले नेपाल पत्रकार महासंघ जिल्ला शाखा काठमाडौँमा दिएको निवेदनमा घिसिङले सुन्नै नसकिने अश्लिल शब्द प्रयोग गरी धम्कि दिएको उल्लेख छ । घिसिङको सो कार्यप्रति गम्भिर आपत्ति प्रकट गर्दै महासंघले उनलाई हदैसम्मको कारबाही गरी पत्रकारको पूर्ण सुरक्षाको ग्यारेन्टी गर्न सरोकारवाला निकायसँग जोडदार माग समेत गरेको छ । 

‘पत्रकारलाई स्वतन्त्रतापूर्वक लेख्न र बाँच्न देउ भन्ने विश्वव्यापी मान्यता र संविधान प्रदत्त प्रेस स्वतन्त्रताको मर्म विपरित घिसिङले केहि दिन अघि फेसबुक म्यासेन्जर तथा मोबाइलमार्फत आवेगपूर्ण, घृर्णित र धम्किपूर्ण भाषा तथा एसएमएस संदेश प्रबाह गरेकोप्रति शाखा गम्भिर आपत्ति प्रकट गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘प्रकाशित समाचारमा चित्त नबुझे खण्डन गर्ने, प्रेस काउन्सिलमा उजुरी दिने तथा अदालत सम्म जानसक्ने बाटो खुल्ला हुँदाहुँदै संविधान निर्माणमा समेत संलग्न व्यक्तिले पत्रकारलाई यसरी धम्कि दिनु खेदजन्य छ ।’

Recent Comments

No comments to show.