चीनले नेपाललाई तीन लाख डोज खोप अनुदानमा दिने घोषणा

चीनले नेपाललाई तीन लाख डोज खोप अनुदानमा दिने घोषणा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । छिमेकी देश चीनले नेपाललाई तीन लाख डोज कोरोनाविरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको छ । 

नेपालस्थित चिनियाँ दूतावासले प्रेस नोट जारी गर्दै यसको जानकारी दिएको हो । ‘नेपाल र चीन असल छिमेकी, असल मित्रहरू तथा असल साझेदार हुन् । भूकम्प वा महामारीजस्ता चुनौतीहरूको सामना गर्नुपर्दा दुवैले एक–अर्कालाई दुःखसुखमा सहयोग गरेका छन्,’ प्रेस नोटमा भनिएको छ । 

चीनले उपलब्ध गराउने खोप चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको हो  । दुई चरणमा लगाएपछि कोभिडविरुद्ध यो खोपले करिब ७९ दशमलव ३४ प्रतिशत प्रभावकारिता देखाएको चिनियाँ दूतावासले जनाएको छ । चीनले दिएका खोप करिब एक लाख ५० हजार नागरिकलाई लगाउन पुग्नेछ । 

चीन र अन्य मुलुकहरूमा खोपको माग व्यापक बढिरहेका वेला चीनले नेपाललाई प्राथमिकतामा राखेर खोप उपलब्ध गराउने निर्णय गरेको पनि दूतावासले उल्लेख गरेको छ । ‘खोप उपलब्ध गराएर चीनले नेपाल–चीन मित्रतालाई ठूलो महत्व दिएको छ,’ प्रेस नोटमा भनिएको छ । 

यसअघि भारतले नेपाललाई १० लाख मात्रा खोप नेपाललाई निःशुल्क दिएको थियो । सो खोप अहिले फ्रन्टलाइनकर्मीहरुलाई लगाउने काम चलिरहेको छ  ।

Recent Comments

No comments to show.