म्यानमारमा सैन्य ‘कु’, आङ सान सुचीलगायतका शीर्ष नेता हिरासतमा

म्यानमारमा सैन्य ‘कु’, आङ सान सुचीलगायतका शीर्ष नेता हिरासतमा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । म्यानमारको नेशनल लिग फर डेमोक्रेसी पार्टीकी सर्वोच्च नेतृ आङ सान सुची पक्राउ परेकी छिन् । 

सैन्य ‘कु’ पछि सेनाले उनलाई हिरासतमा लिएको बीबीसीले जनाएको छ । सुचीको प्रवक्ताले एक विज्ञप्तिमार्फत उनलाई सेनाले हिरासतमा लिएको जानकारी दिएका छन् । 

विगत केही समययता सरकार र सेनाबीच विवाद उत्पन्न भएको अवस्थाका बीच यो गिरफ्तारी भएको समाचारमा जनाइएको छ । 

नेशनल लिग फर डेमोक्रेसी पार्टीले गत नोभेम्बर महिनामा भएको चुनावमा भारी जित हासिल गरेको थियो । तर सेनाले चुनावी प्रक्रियामा धाँधली भएको दावी गर्दै आएको थियो । 

सेनाले सोमबार बोलाइएको संसद बैठक स्थगित गरिदिएको छ । समाचारमा जनाएअनुसार सुचीसँगै राष्ट्रपति बीन म्यिंट र अन्य शीर्ष नेताहरुलाई पनि हिरासतमा लिइएको छ । सुचीका प्रवक्ताले आफू पनि पक्राउ पर्ने खतरा उत्तिकै रहेको बताएका छन् । 

बीबीसीका अनुसार सैन्य कु पछि म्यानमारको राजधानीका साथै देशका मुख्य शहरमा बाक्लो संख्यामा सेना परिचालित भएका छन् । इन्टरनेट र टेलिफोन सेवा बन्द गरिएको छ ।

Recent Comments

No comments to show.