मौसम पुर्वअनुमान : कस्तो रहला आज दिनभरको मौसम ?

मौसम पुर्वअनुमान : कस्तो रहला आज दिनभरको मौसम ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पश्चिमी न्युनचापीय प्रणालीको प्रभावले आज पनि तराई भूभागमा बाक्लो हुस्सु लागेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति प्रदेश- १ का उच्च पहाडी र हिमाली भेगका एक दुई स्थानमा हिमपातको सम्भावना छ।

आज बिहान ५:४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको तापक्रम १.८ डिग्री मापन गरिएको छ । यो शनिबारको भन्दा झण्डै १ डिग्रीले कम हो । शनिबार उपत्यकाको न्यूनतम तापक्रम २.७ डिग्री सेल्सियस थियो ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
माघ १८ गते (आइतबार)

दिउँसो: प्रदेश न. १ को पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति: देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

माघ १९ गते (सोमबार)

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशको को उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

माघ २० गते (मंगलबार)

दिउँसो : देशको पूर्वी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राति: देशको पुर्वी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

Recent Comments

No comments to show.