सेनामा अब १६ वर्षमै निवृत्तिभरण

सेनामा अब १६ वर्षमै निवृत्तिभरण

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । १६ वर्षमै निवृत्तिभरण पाउने व्यवस्था गर्न सैनिक नियमावली संशोधनका लागि रक्षा मन्त्रालयले गरेको प्रस्तावमा अर्थ मन्त्रालयले स्वीकृति दिएको खबर नयाँ पत्रिकाले छापेको छ । यसअघि सेनामा कार्यरत सबै सैनिकको निवृत्तिभरण अवधि २० वर्ष तोकिएको थियो ।

सैनिक नियमावली २०६९ को नियम ८० को उपनियम (२) संशोधन गरी सेनामा जुनसुकै अवधिमा भर्ना भएको भए पनि फलोअर्स र सिपाही तहका सैनिकको निवृत्तिभरण अवधि १६ वर्ष हुने व्यवस्था गरिएको छ । पिउठ, अमल्दार र हुद्दाको निवृत्तिभरण अवधि भने १७ वर्ष हुनेछ । त्यस्तै, जमदारको १८ वर्ष, सुबेदार र प्रमुख सुबेदारको १९ वर्ष निवृत्तिभरण अवधि हुनेछ ।

Recent Comments

No comments to show.