काठमाडौँको तारकेश्वरमा भेटियो बर्ड फ्लु

काठमाडौँको तारकेश्वरमा भेटियो बर्ड फ्लु

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । काठमाडौँको एक कुखुरामा फार्ममा पालिएका टर्की र हाँसमा बर्ड फ्लु पुष्टि भएको छ ।

काठमाडौंको तारकेश्वर नगरपालिका- ७ साङ्ले खोला फुटुङका स्थानीय कृषकहरुले पालेका टर्की र हाँसमा बर्ड फ्लू देखिएको हो ।

केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा उक्त फार्मका टर्की र हाँसमा बर्ड फ्लूको जिवाणु भेटिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार रोग फैलिन नदिनका लागि संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु नष्ट गरिएको छ ।

१८ सय ६५ वटा हाँस, ६ सय २२ बट्टा, ३२ वटा कुखुरा, २५ वटा टर्की, ५ सय ४२ थान अण्डा र ७५ केजी दाना नष्ट गरिएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ।

Recent Comments

No comments to show.