काठमाडौं । बहुप्रतिक्षित फिल्म केजिएफ च्याप्टर दुईको रिलिज मिति सार्वजनिक भएको छ।
यसअघि नै फिल्म टिजर सार्वजनिक भए पनि प्रदर्शन मिति तय गरिएको थिएन।
बलिउड विश्लेषक तरुण आदर्शका अनुसार यस स्टारर फिल्म केजिएफ च्याप्टर दुई १६ जुलाइ २०२१ मा रिलिज हुनेछ।
खासमा यो फिल्म गत अक्टुबरमै रिलिज हुनुपर्ने थियो। तर कोरोना महामारीका कारण रिलिज हुन सकेको थिएन। निर्माण टोलीले शुक्रबार रिलिज मिति सार्वजनिक गरेको थियो।
फिल्ममा यशसँगै सञ्जय दत्त, रविना टण्डन, निधि शेट्टी, प्रकाशराजलगायतको अभिनय रहेको छ। फिल्मलाई नील केले निर्देशन गरेका हुन्।
प्रतिक्रिया