‘पार्टीमा मात्रै होइन सडकमा पनि ओलीको एक तिहाइ पुग्दैन’

‘पार्टीमा मात्रै होइन सडकमा पनि ओलीको एक तिहाइ पुग्दैन’

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा मात्रै नभएर सडकमा पनि ओली एक तिहाइमात्रै भएको बताएका छन्।

शनिबार प्रचण्ड–नेपाल पक्षले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले  यस्तो बताएका हुन्।

 ‘अस्ति धनगढीमा सभा गरेपछि केपी ओलीको फुर्ती बढेकै थियो, पार्टी केन्द्रीय कमिटीमा त एक तिहाई पनि छैन, तर सडक मेरो हुन्छ भन्ने गर्नुहुन्थ्यो,’ उनले भने, ‘तर तपाईंहरू सडकमा आएर यहाँ पनि एक तिहाइ पुग्दैन भन्ने देखाएर ओलीजीलाई फुच्चे बनाउनुभयो, धन्यवाद दिन चाहन्छु ।’

प्रचण्डले पछिल्लो समय देखिएको प्रतिगमन र प्रतिक्रान्तिको खतराको विरुद्धमा जनता जुर्मुराएको देखेर खुसी लागेको बताए । उनले भने, ‘सुदूरपश्चिमका जनता महान छन् । कुनै निरंकुश तत्वमाथि जागेका जनतालाई कसैले झुकाउन सक्दैन ।’

मुलुकमा गणतन्त्र, संघीयता ल्याएपछि जनताले खोजेको स्थिरता दिन पार्टी एकता गरेको बताउँदै प्रचण्डले ओलीले त्यसमाथि प्रहार गरेको आरोप लगाए । ‘आफूले आफैँलाई खलनायक स्थापित गर्नुभएको छ केपी ओलीले,’ उनले भने, ‘यसो भनिरहँदा मलाई दुःख लागिरहेको छ ।’

Recent Comments

No comments to show.