आज मिति २०७७ माघ १६ गते शनिबार , तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल

आज मिति २०७७ माघ १६ गते शनिबार , तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग

वि.सं.२०७७ साल माघ १७ गते । शनिबार । ईश्वी सन् २०२१ जनवरी ३० तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ कृष्णपक्ष । तिथि–द्वितीया,४१ घडी १० पला,बेलुकी ११ बजेर २१ मिनेट उप्रान्त तृतीया । नक्षत्र–मघा,५२ घडी ३७ पला,रातको ०३ बजेर ५६ मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग–सौभाग्य,२४ घडी १६ पला,बेलुकी ०४ बजेर ३६ मिनेट उप्रान्त शोभन । करण–तैतिल, बिहान ११ बजेर ५४ मिनेट उप्रान्त गर,बेलुकी ११ बजेर २२ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–पद्य योग । चन्द्रराशि–सिंह । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५३ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४१ मिनेट । दिनमान २६ घडी ५९ पला ।

आजको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) ज्ञान,बुद्धि,विवेक प्रयोग गरेर काम गर्न सकिने तथा लाभ लिन सकिनेछ । छोराछोरीको कामबाट सन्तोष हुनेछ भने ईष्टमित्रले सहयोग गर्नेछन् । व्यापारमा सामान्य बृद्धि हुने तथा छोटो दुरिको यात्राको तय गर्न सकिनेछ । मन परेको मानिसबाट भौतिक सम्पती उपहारको रुपमा प्राप्त हुनेछ । सरकार तथा राज्यपक्षबाट सहयोग प्राप्त हुनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सामाजिक काममा समय खर्चिय पनि जनताबाट भनेजस्तो समर्थन पाउन मुस्किल रहेकोछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछी परिनेछ । आमा तथा आफन्तसँग छुट्टिएर टाडाको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला । तरपनि कृषि तथा पशुपालन व्यावसायमा लगानी गरी आम्दानिका स्रोत बढाउन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अध्ययनमा आउने नतिजाले उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरु हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका कामहरु थोरै समय दिएर फत्ते गर्न सकिनेछ । थोरै स्रोत साधनले ठूलो आवश्यकता पूरा हुनेछ । साथीभाइ तथा दाजुभाईसँग मिलेर गरिने काम फस्टाएर जानेछ । विवाद तथा प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) परिवारका साथ रहेर मिष्टान्न भोजन गर्ने अवसर मिल्नेछ । कुटुम्ब तथा आफन्तहरुले तपाईँको काममा सहयोग गर्नेछन् । थोरै बोलेर प्रशस्त आम्दानी गर्न सकिनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ । पछिसम्म आम्दानी हुने व्यावसायमा लगानी बढाउन सकिनेछ । अध्यन तथा अध्यापनको क्षेत्रमा अरुभन्दा अगाडी बढि नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार व्यावसायमा सन्तोषजनक बृद्धि हुनेछ । खानपिनका परिकार प्राप्त हुने र भ्रमण, पर्यटन, रमझम तथा सामाजिक काममा सहभागी हुनु पर्नेछ । धार्मिक र सामाजिक काममा मन जानेछ । घरपरिवारबाट साथ सहयोग प्राप्त हुनाले राम्रा काम गर्न सकिनेछ । स्वास्थ्य अनुकूल रहनेछ भने मित्र,परिवार र सहयोगीले साथ दिनेछन् । व्यावसायिक क्षेत्रबाट राम्रै लाभ लिन सकिनेछ । राजनीति तथा समाजसेवा जनताको काम गरि पद प्राप्त गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछी परिनेछ । स्वास्थ्य सम्बन्धी समस्या आई काम गर्न गाह्रो महशुष हुनेछ भने उपचार खर्च बढेर जानेछ । व्यापार व्यावसायबाट आम्दानी गर्न केही समय पर्खनु पर्नेछ । माया प्रेममा धोका हुने तथा घर परिवारमा आफन्तसँग घरायसी कुरामा विवाद सिर्जना हुनेछ । तरपनि काम तथा अध्ययनको शिलशिलामा विदशमा हुनुहुन्छ भने समयले साथ दिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) राजनीति तथा नोकरीमा प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुने तथा राम्रा काम गर्न सकिने हुनाले मान सम्मानम वृद्धि हुनेछ । अध्ययन तथा काममा फर्कनेहरुका लागी यात्राको साईत जुर्र्नेछ । समय लागेपनि रोकिएर बसेका कामहरु सम्पादन हुनेछन् । अध्ययनमा मन जाने हुनाले बौद्धिक क्षेत्र फराकिलो हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) समाजमा राम्रा काम गर्न सकिने हुनाले मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । विशिष्ट तथा बौद्धिक व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कामहरु सम्पादन हुनेछन् । परोपकार र दानपुण्यका क्षेत्रमा मन जानेछ । दाजुभाइ र बन्धुबान्धवको सल्लाहले रोकिएको काम बन्न सक्छ । धार्मिक र सामाजिक काममा समय बित्नेछ । धार्मिक तथा आध्यात्मिक भावनाको विकास हुनेछ । सानो प्रयासले भाग्योन्नतिको अवसर आउने छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) छोटो दुरिको धार्मिक तथा शैक्षिक यात्राको अधिक सम्भावना रहेकोछ । भाग्यले साथ दिने हुँदा सानो प्रयत्नले ठुलो काम बन्ने हुँदा आफन्त तथा परिवारका सदस्यहरु खुशि हुनेछन् । व्यावसायमा भनेजस्तो आम्दानी हुने हुनाले आर्थिक रुपमा सबल होईनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा गरिएको लगानीबाट सकारात्मक नतिजा आउनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आफन्त तथा दिदी बहिनीसँग सामान्य विषयमा मनमुटाब बढ्नेछ । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिती आउने छ । तपाईंको व्यक्तिगत दृष्टिकोण आजको दिन गलत हुन सक्छ । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत हुनेछ । तरपनि प्रयत्न गर्दा आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठुलो काम सम्पादन हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) प्रेममा सफलता प्राप्त हुनेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले समयमा नै काम सम्पन्न हुनेछ । सरकारी जागिरेले बढुवा वा सुगम स्थानमा स्थानान्तरणको गतिलो सम्भावना रहेकोछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । छोटो दुरीको लाभदायी यात्रा हुने योग रहेकोछ । घरायसी काममा समय र धन खर्च हुने समय रहेकोछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अध्ययन तथा अध्यापनको क्षेत्रमा तपाईँको बलियो पकड रहनेछ । सत्रुहरुलाई परास्त गर्दै कामहरु गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । व्यावसायमा लगानी बढाई आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । पुरानो रोग तथा समस्याहरु स्वत ठिक भएर जानेछन् । मामा तथा मावलीबाट तपाईँको काममा सहयोग हुनेछ ।

तपार्ईँको दिन शुभ रहोस् ।
ज्यो.डिपी उपाध्याय ।

Recent Comments

No comments to show.