माउन्ट केटु हिमाल आरोहण गर्ने नेपाली टोलीलाई पूर्वराजा ज्ञानेन्द्रले दिए बधाई

माउन्ट केटु हिमाल आरोहण गर्ने नेपाली टोलीलाई पूर्वराजा ज्ञानेन्द्रले दिए बधाई

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले पाकिस्तानस्थित विश्वकै दोस्रो अग्लो हिमाल माउण्ट केटु आरोहण गरेर १० जना नेपालीले विश्वकीर्तिमान राखेकोमा आरोहीलाई बधाई दिएका छन्। 

शुक्रबार एक बधाई सन्देश जारी गर्दै ज्ञानेन्द्रले केटु हिमालको हिँउदे सिजनमा सफलतापूर्वक आरोहण गरेर विश्वमै नेपालीको प्रतिष्ठा बढाएको उल्लेख गरेका छन्। 

दुई हप्ताअघि नेपाली आरोपही निर्मल पुर्जालगायतका १० जनाले केटु हिमालको सफलतापूर्वक आरोहण गरेका थिए। हिउँदे सिजनमा केटु हिमालको चुचुरोमा नेपालको राष्ट्रिय गान बजेको थियो।

Recent Comments

No comments to show.