काठमाडौं । नेपाली बजारमा शुक्रवार सुनको मूल्य स्थिर रहेको छ ।
बिहीवार प्रति तोला ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रवार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन तेजाबी सुन प्रति तोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि यस्तो सुन सोही मूल्यमा कारोबार भएको थियो ।
सुनको मूल्य स्थिर रहेपनि शुक्रवार चाँदीको मूल्यमा वृद्धि भएको छ ।
महासंघका अनुसार, यस दिन चाँदी प्रति तोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया