नुवाकोटमा ओली समूहले गर्‍यो जिल्ला कमिटी पुनःगठन, अध्यक्षमा प्रदेश सभाका सांसद बद्री मैनाली

नुवाकोटमा ओली समूहले गर्‍यो जिल्ला कमिटी पुनःगठन, अध्यक्षमा प्रदेश सभाका सांसद बद्री मैनाली

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट । नुवाकोटमा नेकपा ओली समूहले अर्कै जिल्ला अध्यक्ष चयन गरेकाे छ।

बिहीबार जिल्ला कमिटी पुनः गठन गर्दै ओली समूहले बागमती प्रदेश सभाका सांसद बद्री मैनालीलाई पार्टीकाे नुवाकाेट जिल्ला अध्यक्ष बनाएकाे हाे। मैनाली तत्कालीन नेकपा एमालेका जिल्ला उपाध्यक्ष थिए। 

त्यसका लागि नेकपाका केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजाल, केन्द्रीय सदस्यहरु केशव पाण्डे, रामशरण प्याकूरेल, वृन्दा ढुङ्गाना, ठाकुर गजुरेल, विजय लोप्चन र बाग्मती प्रदेशका सचिव खेमप्रसाद लोहनीलगायतको उपस्थितिमा बिहीबार जिल्ला कमिटीको विस्तारित बैठक गरिएकाे थियाे। 

बैठकले अध्यक्ष हीरानाथ खतिवडा र नारायणप्रसाद खतिवडाले प्रभावकारीरुपमा जिम्मेवारी निर्वाह नगरेको जनाउँदै उनीहरुलाई जिम्मेवारीमुक्त गरेको जिल्ला सदस्य माधवप्रसाद तिवारीले जानकारी दिए।

बैठकले साविकको जिल्ला समितमा २७१ सदस्य थप गरी ७०२ कायम गरेको छ भने सचिव आगामी बैठकले चयन गर्ने बताइएकाे छ।

यस्तै बैठकले आर्थिक व्यवस्थापनका लागि बेलकोटगढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालको संयोजकत्वमा कोष व्यवस्थापन समिति गठन गरेको छ। समितिकाे उपसंयोजकमा तारकेश्वर गाउँपालिकाका उपप्रमुख रमेश वस्ती छन्। 

पुनःगठित कमिटीले यही माघ १९ गते बट्टारमा उपप्रधानमन्त्री एवं नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेलको उपस्थितिमा अगुवा कार्यकर्ता भेला आयोजना गर्ने भएको छ।

Recent Comments

No comments to show.