आज मिति २०७७ माघ १६ गते शुक्रबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल

आज मिति २०७७ माघ १६ गते शुक्रबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग

वि.सं.२०७७ साल माघ १६ गते । शुक्रबार । ईश्वी सन् २०२१ जनवरी २९ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ कृष्णपक्ष । तिथि–प्रतिपदा,४३ घडी ३४ पला,रातको १२ बजेर २० मिनेट उप्रान्त द्वितीया । नक्षत्र–अश्लेषा,५३ घडी ३८ पला,रातको ०४ बजेर २२ मिनेट उप्रान्त मघा । योग–आयुष्मान,२९ घडी ०० पला,बेलुकी ०६ बजेर ३० मिनेट उप्रान्त सौभाग्य । करण–बालव मध्यान्ह १२ बजेर ३९ मिनेट उप्रान्त कौलव,रातको १२ बजेर ३० मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–मृत्यू योग । चन्द्रराशि–कर्कट । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५४ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४० मिनेट । दिनमान २६ घडी ५६ पला । सहिद दिवस ।

आजको राशिफल 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) 

घरायसी चिन्ता बढ्नेछ । आफन्त नै पर हुनेछन् । महिला वर्गसँग विवाद हुनेछ । 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) 

प्रेममा शंका बढ्नेछ । कामममा जिम्मेवारी थपिनेछ । दाजुभाइको साथ मिल्नेछ । 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) 

भोजभतेरमा सामेल भइनेछ । वाणीले प्रभाव पार्नेछ । धनको कारोबार बढ्नेछ । 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) 

मनोरञ्जनमा दिन बित्नेछ । मित्रजन भेटघाट हुनेछ । किनमेलमा खर्च बढ्नेछ । 

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) 

वैदेशिक धन आउनेछ । आफन्तबाट असहयोग हुनेछ । काममा लगानी बढ्नेछ । 

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) 

दाजुभाइमा मित्रता बढ्नेछ । आँटेको काम पूरा हुनेछ । आकस्मिक लाभ मिल्नेछ । 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) 

सामाजिक प्रशंसा मिल्नेछ । कृषि काममा फाइदा पाइनेछ । रोजगारीमा प्रगति हुनेछ । 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) 

विदेशको काम बन्नेछ । ठूला वडाको साथ मिल्नेछ । परोपकारमा ध्यान जानेछ । 

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) 

स्वास्थ्य बाधाको सामना गर्नुपर्नेछ । अध्ययनमा रुचि जानेछ । अपमानको भय मिल्नेछ । 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) 

व्यवसायिक छोटो यात्रा हुनेछ । लगानीमा प्रतिफल मिल्नेछ । पारिवारिक भेटघाट हुनेछ । 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) 

विरोधीहरु पर जानेछन् । राजनीतिमा प्रगति हुनेछ । वादविवादमा जीत हुनेछ । 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । पढाइमा प्रगति हुनेछ ।

Recent Comments

No comments to show.