४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । छापावाल सुनको मूल्य मंगलवार बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ बढ्यो ।

सोमबार प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ४०० रुपैयाँ बढ्दै प्रतितोला ९२ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सूनचाँदी व्यवसायी महासंघले बताएको छ ।

मंगलबार तेजावी सुनको मूल्य पनि प्रतितोला ४०० रुपैयाँ नै बढ्यो । आज तेजावी सुनको कारोबार मूल्य ९२ हजार ३०० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँ बढ्यो । मंगलबार चाँदीको कारोबार मूल्य १२ सय ५५ रुपैयाँ कायम भएको छ ।

Recent Comments

No comments to show.