होटल सोल्टी क्राउन प्लाजाका सु सेफ आर बि बुढाथोकीलाई ‘न्युजलाइन्स’ सम्मान

होटल सोल्टी क्राउन प्लाजाका सु सेफ आर बि बुढाथोकीलाई ‘न्युजलाइन्स’ सम्मान

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सेफ आर बि बुढाथोकी न्युजलाइन्स सम्मानबाट बिभुसित भएका छन् । न्युजलाइन्स मिडियाद्वारा महाराजगंज स्थित अरिकल्स इभेण्टद्वारा आईतबार आयोजित चौथो वार्षिकोत्सव तथा सम्मान कार्यक्रम माझ उनी सम्मानित भएका हुन ।      न्युजलाइन्स मिडियाले विभिन्न क्षेत्रमा कृयाशिल व्यक्तित्वहरुलाई सम्मान गर्ने क्रममा बुढाथोकी पाककला क्षेत्रबाट १५ उत्कृष्टमा पर्न सफल भएका हुन ।   

कार्यक्रमका प्रमुख अतिथी बोधिसत्व स्वामी आनान्द अरुण र न्युजलाइन्स मिडियाका अध्यक्ष राजु भट्टले संयुक्त रुपमा सम्मानित गरेका थिए ।  

पाककलाको क्षेत्रमा मात्र नभएर नेपाली, चाईनिज, जापानिज, लगायत धेरै देशका परिकार बनाउन दक्ष सेफका रुपमा परिचित उनी नेपाली सेफ जगतमा परिकार माष्टरको रुपमा चर्चामा रहदै आएका छन् । यही नै आधारमा मुल्याङकन गरि उनलाई न्युजलाइन्स सम्मान २०२१ बाट सम्मानित गरिएको न्युजलाइन्स मिडियाले जनाएको छ । 

को हुन आर बि बुढाथोकी ?

रामेछापमा जन्मिएका आर बि बुढाथोकी नेपालको प्रतिष्ठित पाँचतारे होटल होटल सोल्टी प्लाजाका सु सेफ हुन । यस अघि स्वदेश स्थित विभिन्न होटल, रेस्टुरेँण्ट एवम् शैक्षिक    प्रतिष्ठान काम गरेर अनुभव हासिल गरेका बुढाथोकीले कुवेतमा  रहेर पनि पाककलामा अभ्यस्त रहेका थिए । खानाको अन्वेषण, खाना सम्बन्धी लेख रचना साथै  पाकशिक्षा एवम् प्रशिक्षण कार्यमा उनी सकृय छन् ।

Recent Comments

No comments to show.