सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली बजारमा सोमबार पनि सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला २ सयले घटेर प्रतितोला ९२ हजार ४ सयमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार छापावाला सुन तोलाको ९२ हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै सोमबार तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ९ सय रहेको छ ।

त्यसैगरी सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १२ सय ६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Recent Comments

No comments to show.