माघ २३ गतेदेखि ग्रीनलाइफ हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्न

माघ २३ गतेदेखि ग्रीनलाइफ हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्न

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमित पाएको छ ।  

कम्पनीले आईपीओ निष्कासन गर्नृका लागि बोर्डबाट माघ २ गते अनुमति पाएको हो ।   

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ३४ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको ३४ लाख ९६ हजार ४०० कित्ता आइपीओ जारी गर्न बोर्डबाट स्वीकृति पाएको हो ।  

कम्पनीले पहिलो चरणमा २०७५ फागुनमा आयोजना प्रभावित क्षेत्र दोलखाका स्थानीयका लागि १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आइपीओ जारी गरेको थियो ।  

सोमध्ये १ लाख ३ हजार ६०० कित्ता मात्र विक्री भएको थियो । बाँकी रहेको १६ लाख ९६ हजार ४०० कित्तासहित ३४ लाख ९६ हजार ४०० आइपीओ निष्काशन गर्न लागेको हो ।  

कम्पनीको आइपीओमा माघ  २३ गते देखि माघ २७ गतेसम्ममा आवेदन दिन पाइनेछ । सो अवधिसम्म सबै आइपीओ नबिकेमा ढिलोमा फागुन ७ गतेसम्म आवेदन दिन पाइनेछ । सो आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।  

कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयर एनपी बी प्लस (आइएस)’ रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्न अवस्था औसतभन्दा कम रहेको जनाउँदछ।  

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक ले बीओके क्यापिटल लिमिटेड रहेको छ ।

Recent Comments

No comments to show.