काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक आज (आइतबार) बस्दै छ ।
बैठक दिउँसो साढे १२ बजेका लागि पेरिसडाँडामा बोलाइएको छ ।
बैठकमा संसद् विघटनविरुद्धको आन्दोलन, समसामयिक राजनीतिक विषय लगायतमा छलफल हुनेछ । बैठकले अर्को चरणको संघर्षको कार्यक्रम घोषणा गर्ने जनाइएको छ ।
पुस ५ मा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गराएपछि नेकपा दाहाल-नेपाल पक्ष आन्दोलित छ ।
प्रतिक्रिया