आज मिती २०७७ साल माघ ११ गते आइतबार ,तपाइँको आजको राशिफल कस्तो छ ?

आज मिती २०७७ साल माघ ११ गते आइतबार ,तपाइँको आजको राशिफल कस्तो छ ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग

वि.सं.२०७७ साल माघ ११ गते । आईतबार । ईश्वी सन् २०२१ जनवरी २४ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । पौष शुक्लपक्ष । तिथि–एकादशी,३७ घडी १६ पला,बेलुकी ०९ बजेर ५१ मिनेट उप्रान्त द्वादशी । नक्षत्र–रोहिणी,४१ घडी ०८ पला,बेलुकी ११ बजेर २३ मिनेट उप्रान्त मृगशिरा । योग–ब्रम्ह,३८ घडी २२ पला,बेलुकी १० बजेर १७ मिनेट उप्रान्त ऐन्द्र । करण–वणिज,बिहान ०८ बजेर ५७ मिनेट उप्रान्त गर,बेलुकी ०९ बजेर ५१ मिनेट उप्रान्त बव । आनन्दादिमा–धाता योग । चन्द्रराशि–बृष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३६ मिनेट । दिनमान २६ घडी ४१ पला । पुत्रदा एकादशी व्रत । 

आजको राशिफल 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

तपाँईको आजको दिन मध्यम रहने छ । आफन्तबाट टाढिनुपरे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ । आज मालसामान हराउन सक्छ । सहकर्मीबाट विरोध आउला । नयाँ कुरा पाउन केही वस्तु त्याग्नुपर्नेछ। खर्च लागे पनि समाजसेवा गर्ने अवसर प्राप्त हुनेछ । गलत निर्णय लिन पुगिएला । चोटपटकको भयछ सचेत रहनुहोला । खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला। सोखले विलासी वस्तुहरूमा खर्च गराउनेछ। उठ्नुपर्ने रकम तत्काल उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ । यात्रा गर्न हतार नगर्नुहोला । 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आकस्मिक समस्याले मनमा तनाब हुने छ । समस्याका कारण सञ्चित रकम खर्च गराउन सक्छ । काम रोकिए पनि उठ्नुपर्ने रकम प्राप्त हुनेछ । तर समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। उद्योग र व्यापारमा पनि सामान्य फाइदा हुनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त प्राप्त हुनेछ। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। महत्त्वपूर्ण कामको थालनी हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । समाजसेवामा मन लाग्ला । शिक्षामा सामान्य सफलता मिल्नेछ । आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। मिहिनेत गर्दा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। कीर्तिमानी काम गर्ने समय छ। सामाजिक दायित्व बढ्नेछ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्। 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

राम्रो कामको जिम्मेवारी प्राप्त भएपनि उपलब्धिका लागि केही समय लाग्नेछ । कामको प्रसंसा समेत प्राप्त हुने छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । मेहनतअनुसार कम मात्र फल प्राप्त हुनेछ । फाइदा नहुने काममा लामो समयसम्म अलमलिनुपर्ने देखिन्छ । अस्वस्थताले काममा जुट्न नसकिएला। सहयोगको आशा देखाउनेहरूबाट धोका हुन सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

काममा ढिलासुस्तीका साथै प्रतिफल समेत ढिलो प्राप्त हुनेछ । साझेदारीमा गरिएका काममा समस्या आउन सक्छन् बिचार गर्नुहोला । अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ । प्रेममा पनि मनमुटाव आउनेछ । आफ्नो विचार विपरित निर्णय हुनेछ । लगानीमा जोखिम बढ्ने समय छ । श्रम परे पनि मिहिनेतको उचित मूल्य प्राप्त नहोला। प्रतीक्षित नतिजा कमजोर देखिनाले पछिका लागि काम दोहोर्याउनुपर्ने हुन सक्छ । गोपनीयता बाहिरिन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आम्दानी बढाउने काम सुरु गर्न सकिने भएकाले मनमा प्रसन्नता मिल्ने छ । बिगतका समस्या बिस्तारै हटेर जानेछन् । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। काममा साथीभाइबाट सहयोग मिल्नेछ। स्वास्थ्य भने अलि कमजोर रहला । परिस्थिति प्रतिकूल रहे पनि मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते )

आज धर्म,कर्म तथा समाजसेवा गर्न मन लाग्नेछ । नयाँ ज्ञान प्राप्त गर्ने मौका मौका मिल्नेछ । काम बन्नुका साथै भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। आफ्नो क्षेत्रमा नयाँ योजना बनाउन सकिनेछ । लगनशीलताले नयाँ काम गर्ने अवसर दिलाउनेछ। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ। 

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)

स्वास्थ्य प्रतिकुल हुंदामा चिन्ताले सताउन सक्ने छ । खानपानमा बिशेष ख्याल राख्नु उत्तम हुने छ ।अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। समयतालिका नमिल्दा योजना अधुरै रहनेछ। हल्लाको पछि लाग्दा व्यर्थैमा दुःख पाइनेछ। अध्ययनमा कमजोरी अनुभूति हुनेछ भने व्यर्थैमा अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला।छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

तपाँईले बेसुरमा वचन दिने बानीले गर्दामा आज समस्यामा समेत पर्न सक्छ । अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिनेछन्। अनावश्यक हल्लाको पछि लाग्दा दुःख पाइनेछ । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला। आज स्वास्थ्यप्रति सजक रहन आवस्यक छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । मनमा दुविधापनि उत्पन्न रहला । साइनो गाँस्नेहरूको भरपर्दा लक्ष्य प्राप्ति नहुन सक्छ। समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिनेछन्। 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

तपाँई कृषक हुनुहुन्छ भने आजको दिन तपाँईको कृषिमा कामको लागि व्यस्त भइने छ भने चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ। सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मबाट छोटो समयमै उचित प्रतिफल प्राप्त हुनेछ। विशेष उपहार हातलागी होला। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो)

धेरै मिहिनेतले मात्र चिताएको काम बन्नेछ। बोलीको प्रभाव कमजोर रहनेछ। स्वादिष्ट सुखद् भोजन मिल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । साथीभाईसंग समय बित्नेछ ।अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। समयमा आफ्नो हक दाबी गर्न नसक्दा कम मात्र लाभांश प्राप्त हुनेछ। आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

पहिलेको सफलताले थप हौसला जगाउनेछ । सांगीतिक क्षेत्रमा बिस्तारै रुची बढ्नेछ । वैदेशिक क्षेत्रको काम भने आधुरै रहला । राजनैतिक कार्यमा सफलता मिल्नेछ । छोटो समयमा पनि केही प्रतिफल पाइनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन्। केही अवसर जुट्नेछ तर आलस्य गर्ने बानीले काम अधुरो रहन सक्छ । पछिका लागि जग बसाउने समय छ।   विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । बिछोडिएका आफन्तसँग भेटघाट होला। पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ।

Recent Comments

No comments to show.