नागरिक स्टक डिलरलाई सञ्चालन अनुमति, अब सेयर किनबेच गर्न पाउने

नागरिक स्टक डिलरलाई सञ्चालन अनुमति, अब सेयर किनबेच गर्न पाउने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नागरिक स्टक डिलर कम्पनीले धितोपत्र व्यापारीको काम गर्न स्वीकृति पाएको छ । बोर्डले शुक्रबार उक्त अनुमति प्रदान गरेको हो ।

बोर्डका अनुसार फागुन १ गतेदेखि स्टक डिलरले पूँजीबजारमा व्यापार शुरु गर्न सक्नेछ । नागरिक स्टक डिलर काम थालेपछि पुँजी बजार विकासमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ ।

यसले बजारमा थप सेयरको माग बढ्न जाने लगानीकर्ताको विश्वास छ । स्टक डिलरको प्रवेशले बजार थप गतिशील हुने धितोपत्र बोर्डको भनाई छ ।

यसअघि बोर्डले नागरिक लगानीकोष जस्तै विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाले बोर्डबाट अनुमति प्राप्त गरी धितोपत्रको व्यापारिको कार्य गर्न सक्ने व्यवस्था समेटी फागुनदेखि लागू हुने गरी धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावली, २०६४ संशोधन गरेको थियो ।

कम्पनीमा नागरिक लगानी कोषको ५१ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत, नेपाल दुरसञ्चार कम्पनी ९एनटीसी०को ९ प्रतिशत शेयर स्मामित्व रहेको छ । कम्पनीमा सर्वसाधारण लगानीकर्ताको ३० प्रतिशत शेयर रहने छ । उक्त स्टक डिलर कम्पनीको चुक्ता पुँजी ५ अर्ब रहेको छ ।

Recent Comments

No comments to show.