नख्खुमा पनि सुरु भयो क्यूआर कोड भुक्तानी प्रणाली

नख्खुमा पनि सुरु भयो क्यूआर कोड भुक्तानी प्रणाली

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । देशभरका तरकारी तथा फलफूल बजारमा क्यूआर कोडमार्फत् भुक्तानी गर्न मिल्ने अभियानलाई राष्ट्र बैंकले तीव्रता दिएको छ ।

काठमाडौंको नक्साल र कालीमाटीमा रहेको तरकारी तथा फलफूल बजारमा क्यूआर कोडको प्रयोग गरी भुक्तानी गर्न सकिने अभियान सुरु गरेको राष्ट्र बैंकले शुक्रबार ललितपुरको नखु तरकारी तथा फलफूल बजारमा पनि उक्त प्रणाली सुरु गरेको हो । राष्ट्र बैंक, ग्लोबल आईएमई बैंक र नखु तरकारी तथा फलफूल बजारको समन्वयमा सञ्चालनमा ल्याइएको सेवाको गभर्नर महाप्रसाद अधिकारीले शुभारम्भ गरे ।

क्यूआर कोडको शुभारम्भ गर्दै अधिकारीले एक किलो च्याउसमेत खरिद् गरे । राष्ट्र बैंकको नगदरहित कारोबारलाई प्रवर्द्धन गर्ने नीतिअनुरूप क्यूआर कोडबाट हुने भुक्तानीलाई देशव्यापी अभियानको रूपमा अगाडि बढाएको छ । अर्थतन्त्रलाई प्रविधिमैत्री बनाउन पहिलो चरणमा बैंकले देशभरका तरकारी तथा फलफूल बजारमा क्विक रिस्पोन्स अर्थात क्यूआर कोडमार्फत हुने भुक्तानी कारोबारलाई देशव्यापी अभियानको रूपमा विस्तार गर्दै लगेको हो ।

समग्र अर्थतन्त्रलाई प्रविधिमैत्री तुल्याउने सन्दर्भमा क्यूआर कोडको प्रवर्द्धनले ठूलो योगदान पुर्‍याउने पनि राष्ट्र बैंकको विश्वास छ । पछिल्लो समय हरेक महिना ३० प्रतिशतभन्दा बढीले यस्तो कारोबार वृद्धि भइरहेको छ । डिजिटल भुक्तानी प्रणालीलाई सहजीकरण गर्न सहयोग गर्ने भन्दै बैंक तथा वित्तीय संस्थाले पनि तरकारी बजारका विक्रेतालाई निःशुल्क रूपमा क्यूआर कोड वितरण गर्दै आएका छन् ।

Recent Comments

No comments to show.