नारायण घिमिरे भूमि सम्बन्धी समस्या समाधान आयोग नुवाकोटको सदस्यमा नियुक्त

नारायण घिमिरे भूमि सम्बन्धी समस्या समाधान आयोग नुवाकोटको सदस्यमा नियुक्त

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट ।  नेकपा नुवाकोटका सचिवालय सदस्य नारायण घिमिरे भूमि सम्बन्धी समस्या समाधान आयोग नुवाकोटको सदस्यमा नियुक्त भएका छन् । 

केन्द्रीय आयोगले नेतृत्व पाएको एक वर्षपछि जिल्लास्थित आयोगले पाएको पूर्णतामा  घिमिरे नियुक्त भएका हुन् । साथै आयोग नुवाकोटको अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य विन्दा ढुंगानालाइ नियुक्त गर्ने निर्णय गरेको छ । 

भने अर्का सदस्यमा बलराम आचार्यलाई नियुक्त गरिएको छ ।  नियुक्तिको निर्णय भने सरकारले सार्वजनिक गर्न बाँकी रहेको छ ।  आचार्य र घिमिरेले नुवाकोटको राजनीतिमा दुइ दशकबढी बिताएका छन । आयोगले जिल्लाको भूमि सम्बन्धी समस्या समाधानका लागि महत्वपूर्ण काम गर्ने अपेक्षा गरिएको छ ।

सरकारले भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५२ ख. को उपदफा (६) बमोजिम भूमिसम्बन्धी समस्या समाधान आयोग यसअघि नै गठन गरेको थियो जसको कार्यकाल ३ वर्षको रहेको छ ।

भूमिहीन दलित, भूमिहीन सुकुमबासी, अव्यवस्थित बसोबासीलगायतको सामाजिक न्याय र जीवनस्तर सुधारका लागि भूमिको समन्यायिक वितरण र दिगो व्यवस्थापन जरुरी भएकाले सरकारले आयोग गठन गरेको थियो । 

भूमि नागरिकको खाना, आवास र स्वतन्त्रता जस्ता मौलिक अधिकार प्राप्त गर्न सुनिश्चितताको आधार भए पनि कतिपय भुइँ तहका नागरिकलाई लोकतन्त्रको अनुभूति गराउनुका साथै देशको समग्र आर्थिक तथा सामाजिक उन्नतिका लागि पनि लामो समयदेखिको भूमिसम्बन्धी समस्या निरूपण आवश्यक थियो ।

भूमिहीन दलितलाई जग्गा उपलब्ध गराउने, मुक्त कमैया, कमलरी, हरुवा र चरुवा, हलिया, भूमिहीन, सुकुमबासी पहिचान गरी बसोबासका लागि घर र घडेरी तथा जीविकोपार्जनका लागि कृषियोग्य जमिन वा रोजगारीको व्यवस्था गर्नुपर्ने संवैधानिक व्यवस्था कार्यान्वयमा यस आयोगले काम गर्नेछ ।

Recent Comments

No comments to show.