‘साँघुरा गल्लीमा अलिअलि मान्छे जम्मा गरेछन् आमसभा कस्तो हुन्छ देखाइदिन्छौँ’

‘साँघुरा गल्लीमा अलिअलि मान्छे जम्मा गरेछन् आमसभा कस्तो हुन्छ देखाइदिन्छौँ’

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  ।  प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव नेपाल समूहले काठमाडौंमा गरेको शक्ति प्रर्दशनबारे व्यंग्य गरेका छन् ।  

शुक्रबार प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले गरेको विरोध प्रदर्शनतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल समूहको भेलालाई साँघुरो गल्लीको जम्मा गरेको भीडको संज्ञा दिएका हुन् ।

शुक्रबार कार्की ब्याङ्क्वेटमा पेसागत विशेष जिल्ला कमिटीको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपाले २३ गते वृहत जनप्रदर्शन गर्न लागेको जानकारी दिए।

ओलीले रत्नपार्कमा ८ १० हजार मान्छे देखेर भुइँमा खुट्टै नभएको आरोप लगाए । आमसभा कस्तो हुन्छ भन्ने कुरा आफूले माघ २३ गते देखाइदिने बताए ।

‘साँघुरा गल्लीमा केही मान्छे जम्मा गर्दैमा आमसभा हुँदैन’, उनले भने, ‘आमसभा कस्तो हुन्छ भन्ने कुरा माघ २३ गते हेर्नुस्, हामी देखाउँछौँ।’

उनले प्रचण्ड–नेपालहरुले देशभरबाट केही हजार कार्यकर्ता जम्मा गरेको बताए। ‘देशभरिबाट अलिअलि मान्छे जम्मा गरेछन्’, उनले भने, ‘त्यैपनि खुट्टी हेरेर चाल पाइयो।’

कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा कुनै पनि हालतमा पुनस्र्थापना नहुने भन्दै निर्वाचनको तयारीमा लाग्नुपर्ने बताए।

‘प्रतिनिधि सभा पुनस्र्थापना हुँदैन, सबै निर्वाचनको तयारीमा लाग्नुहोस्’, उनले भने।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि सडक संघर्षमा उत्रिएको प्रचण्ड–नेपाल समूहले दोस्रो चरणको संघर्षको कार्यक्रम अन्तर्गत शुक्रबार काठमाडौँ उपत्यकामा बृहत् प्रदर्शन गरेको हो।

Recent Comments

No comments to show.