नुवाकोट । नेपाल विद्यार्थी संघका युवा नेता निरन्जन थापाले नुवाकोटबाट चुनाव जितेका वामपन्थी नेताहरुको हैसियत कार्यालय सहयोगिको भन्दा तल रहेको बताएका छन ।
बिहीबार नेपाली कांग्रेस नुवाकोट तादि गाउ पालिका वार्ड न १ उर्लेनि समितिले प्रतिनिभिसभा विघटनको विरोधमा गरेको सभालाइ सम्बोधन गर्दै थापाले नुवाकोटबाट चुनाव जितेका वामपन्थी नेताहरुको हैसियत कार्यालय सहयोगिको भन्दा तल रहेको बताएका हुन ।
विरोध सभालाइ सम्बोधन गर्दै थापाले केपी शर्मा ओलीको सरकारले गरेको संसद बिघटन मुलुकको लागि ईतिहास मै सबैभन्दा घातक निर्णय भएको र कोभिडबाट पिडित जनतालाई दिने राहतमा चरम भष्ट्रचार भएको दिनदाहडै बलात्कार हुदा चुप लागेको भष्टचारिलाई संरक्षण गरेको र बामगठबन्धनको आपसि लडाइँको कारण मुलुक अनिर्णयको बन्दी बनाएको आरोप लगाए।
“पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि सरकारी कु को बारेमा गाउँ गाउँमा घर-घरमा प्रत्येक ब्यक्ति ब्यक्तिमा यो कदमले देशलाई नोक्सान पुर्याएको कुरा बुझेको र नबुझेको भए काङ्ग्रेस र काङ्ग्रेसका भातृ सगठनले बुझाउन तयार रहेको समेत थापाले बताए । ”
“नुवाकोटबाट बामगठबन्धनबाट चुनाव जितेर गएका नेताहरुको हैसियत जनताले एउटा कार्यालयको कार्यालय सहयोगि जति पनि नरहेको बताउदै नुवाकोट लगायत देशैभरि बिकास र समृद्धिको कुरामा कांग्रेससंग सिक्न समेत थापाले आग्रह गरेका छन।”
प्रतिक्रिया