काठमाडौं । यमाहा मोटरसाइकल विक्रेता कम्पनी एमएडब्ल्यु इनटरप्राइजेजले स्कुटर तथा मोटरसाइकलको मूल्य बढेको जनाएको छ ।
कम्पनीले सार्वजनिक गरेको नयाँ मूल्यअनुसार गत आर्थिक वर्षको भन्दा ६ देखि ८ हजार रुपैयाँले स्कुटर तथा मोटरसाइकलको मूल्य बढेको छ ।
कम्पनीले सबैभन्दा धेरै एमटी १५ र आर १५ भी ३ को मूल्यमा ८ हजार रुपैयाँले वृद्धि गरेको छ । त्यसैगरी एफजेडएस भी ३ को मूल्यमा ६ हजार रुपैयाँले वृद्धि गरेको छ ।
त्यस्तै, कम्पनीले यामाहा रे जेडआर १२५ एफआई स्कुटरको मूल्यसमेत बढाएको छ । कम्पनीले रे जेडआर १२५ एफआई स्ट्रिट र्यालीमा ७ हजार र रे जेडआर १२५ एफआइईको मूल्यमा ५ हजार रुपैयाँले बढाएको छ । फ्यासिनो १२५, सलुटो, एस जेड आरआर, एफ जेड एस भी २, भी ३, एमटी १५ एफजेडएस २५ लगायत अन्य मोडलको समेत मूल्य वृद्धि गरिएको छ ।
कम्पनीले एक्सटीजेड १२५, एनम्याक्स १५५ र फेजर २५ को मूल्य भने यथावत् राखेको छ ।
प्रतिक्रिया