काठमाडौं आइपुग्यो कोरोनाविरुद्धको १० लाख डोज खोप

काठमाडौं आइपुग्यो कोरोनाविरुद्धको १० लाख डोज खोप

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारत सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप काठमाडौं आइपुगेको छ । 

भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदेश त्रिपाठीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उक्त खोप हस्तान्तरण गरेका हुन् । 

खोपलाई विमानस्थलस्थित कार्गो भवनको कोल्ड स्टोरमा राखिनेछ र त्यसपछि टेकुस्थित केन्द्रीय स्टोरमा लगिनेछ।

खोप बढीमा पाँच दिनभित्र देशका सात प्रदेशमा पठाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । अक्सफोर्ड, एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप भारतले नेपाललाई दिएको हो ।

विभागबाट प्रदेशको भण्डारण केन्द्रमा खोप पठाउने गरि तयारी छ । तोकिएका खोप केन्द्रहरुबाट पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने टोलीलगायतलाई खोप दिइने भएको छ ।

Recent Comments

No comments to show.