देशैभरका ६ हजार ७४३ वटै वडामा कांग्रेसको विरोध प्रदर्शन

देशैभरका ६ हजार ७४३ वटै वडामा कांग्रेसको विरोध प्रदर्शन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशका ६ हजार ७४३ वटै वडामा प्रतिनिभिसभा विघटनको विरोधमा विरोध प्रदर्शन गर्दैछ । 

संसद विघटनको कदमलाई असंवैधानिक भनेको कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेस आन्दोलित छ ।

कांग्रेसभित्र पनि आन्दोलन कि चुनाव भन्ने मत विभाजन भएको चर्चा भइरहेका बेला सभापति शेरबहादुर देउवाले आन्दोलनमा सहभागी हुन नेता कार्यकर्ताहरुलाई अपील गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले प्रतिनिधिसभा विघटनविरुद्धको वडास्तरीय विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन अपील गरेका हुन् ।

Recent Comments

No comments to show.