किसानको बर्गीकरण गरी कृषि कार्यक्रमलाई ब्यवस्थित गर्छौः मन्त्री अर्याल

किसानको बर्गीकरण गरी कृषि कार्यक्रमलाई ब्यवस्थित गर्छौः मन्त्री अर्याल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानहरुको वर्गीकरण गरेर कृषि कार्यक्रमलाई वितरण गरिने बताएकी छिन् ।

केपी ओली पक्षको अखिल नेपाल महिला संघ (अनेमसंघ) केन्द्रीय समितिका पदाधिकारी तथा जनप्रतिनिधि महिलासँग साक्षात्कारका लागि आयोजित कार्यक्रममा बोल्दै मन्त्री अर्यालले पहिलो चरणमा किसानको वर्गीकरण गरी किसान परिचयपत्र वितरण गरिने बताइन् ।

‘किसानहरुको वर्गीकरण गरी परिचयपत्र वितरणको काम सम्पन्न गर्छौं,’ मन्त्री अर्यालले भनिन्, ‘वर्गीकरणका आधारमा कृषि कार्यक्रमलाई व्यवस्थित ढंगले अघि बढाउँछौँ ।’

आगामी फागुनदेखि यो कार्यक्रम द्रूत रुपले अगाडि बढ्ने उनले बताइन् । उनले किसानहरुको हकहितका निम्ति गठन भएको आयोगको उद्देश्य अहिलेको अवस्थाले मात्र पूरा नहुने बताइन् ।

उनले कृषि मन्त्रालयमार्फत वितरण गरिँदै आएको कतिपय अनुदानलाई बन्द नै गर्नुपर्ने अवस्था रहेको बताइन् । ‘अनुदानका कार्यक्रमहरु जतिपनि सञ्चालन भएका छन् तीमध्ये कतिपयलाई परिमार्जन गर्नुपर्नेछ । कतिपय कार्यक्रम बन्द नै गर्नुपर्ने अवस्था छ’, उनले भनिन्, ‘अहिले जसरी अनुदान कार्यक्रम सञ्चालन भएका छन्, कतिपय कार्यक्रमले उचित प्रतिफल दिन सकेनन् ।’

उनले अब किसानलाई मलको अभाव हुन नदिने पनि बताइन् । देशभरका स्थानीय तहलाई आफ्नो स्थानीय तहमा वर्षभरि चाहिने मलको माग पठाउन माघ अन्तिमसम्मको समय दिइएको भन्दै उनले अबका दिनमा मल अभाव नहुनेगरी मन्त्रालय अगाडि बढेको दाबी गरिन् ।

उनले प्रविधिको प्रयोगबाट कृषिमा कसरी प्रगति गर्न सकिन्छ भनेर मन्त्रालय अघि बढेको बताउँदै त्यसका निम्ति अब ठूला स्केलका उत्पादनमा जानुपर्ने समेत बताइन् ।

सोही अवसरमा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विकले मन्त्रालयमार्फत महिलाका निम्ति सञ्चालन गरिने कार्यक्रममा सहजीकरण गरिने बताइन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।*फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Recent Comments

No comments to show.