सिप्रदीको टाटा मोटर्स स्वावलम्वी अभियान

सिप्रदीको टाटा मोटर्स स्वावलम्वी अभियान

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले विभिन्न कारण विदेशबाट नेपाल फर्किएका युवाहरूलाई लक्षित गरी ‘टाटा मोटर्स स्वावलम्बी अभियान’ सार्वजनिक गरेको छ ।

अभियानअन्तर्गत टाटा कमर्सियल गाडी खरिदमा बिनाधितो ६ प्रतिशतभन्दा कम ब्याजदरमा ७५ प्रतिशतसम्मको फाइनान्स सुविधा प्राप्त गर्न सक्नेछन् ।

युवालाई स्वदेशमै व्यापार व्यवसाय गर्ने वातावरण मिलाई आत्मनिर्भर बनाउने उद्देश्यले अभियान सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

युवा जनशक्तिमार्फत व्यवसाय र रोजगारी सिर्जना गरी आर्थिक समृद्धि हासिल हुने विश्वास कम्पनीको छ । अभियानमा सहभागी हुन चाहने ग्राहकले टाटा मोटर्सको सोरुममा पुगेर विभिन्न प्रकारका गाडी अवलोकन गर्न सक्नेछन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Recent Comments

No comments to show.