काठमाडौं । नियात्राकार,कवि एवं समिक्षक प्रदीप सापकोटाको नियात्रा सङ्ग्रह ‘यात्राका इन्द्रेणी’ रङ्गको एक कार्यक्रमकाबीच शुक्रबार लोकार्पण भएको छ ।
पनौती नगरपालिकाका नगर प्रमुख भीम न्यौपाने, बरिष्ठ साहित्यकारद्धय मोहन दुवाल र श्रीओम श्रेष्ठले संयुक्त रुपमा नियात्रा सङ्ग्रहको लोकार्पण गरेका हुन् ।
नियात्रा सङ्ग्रह लोकार्पण कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले नगरपालिकाले विकास निर्माणका साथै साहित्य, कला, संस्कृतिको क्षेत्रमा समेत काम सुरु गरेको बताए ।
उनले आगामी दिनमा पनि नगरले यी क्षेत्रहरुमा निरन्तर काम गर्ने प्रतिवद्धता जनाउदै पनौतीले एक थप साहित्यकार पाएकोमा खुशी व्यक्त गरे ।
कार्यक्रममा बरिष्ठ साहित्यकार मोहन दुवालले काभ्रे साहित्यकार उत्पादन गर्ने जिल्लाको रुपमा परिचित बनेको बताए ।
उनले काभ्रे साहित्यकार, कवि, गायक जन्माउने जिल्ला रहेको समेत बताए ।
कार्यक्रममा बरिष्ठ निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ ले सापकोटाले पहिलो कृतिको रुपमा आएको नियात्रा सङ्ग्रह ल्याएपनि त्यसमा अब्बल नियात्रामा हुनुपर्ने गुणहरु रहेकोले अत्यन्तै संभावना बोकेका नियात्राकारको रुपमा प्रदिप स्थापित हुन सक्ने बताए ।
बरिस्ठ नियात्राकार जय छ्याङछाले पुस्तकमा लेखकको निजात्मक शैली प्रखर भएको बताए ।सह प्राद्यापक कवि डा.विदुर चालिसेले नियात्रा खारिएका लेखकको भन्दा कम नभएकोले बधाई समेत दिएका छन् ।
कार्यक्रममा लेखक तथा पत्रकार दीपक सापकोटाले नियात्रा सङ्ग्रहको बारेमा टिप्पणी गर्दै एउटा नियात्रामा हुनुपर्ने सबैखाले गुण बिमोचित कृतिमा उल्लेख गरे ।
कार्यक्रममा साहित्यकार सूर्यप्रसाद लाकोँजु, चिकित्सक तथा साहित्यकार डा. सुमनराज ताम्राकार, कथाकार दिनमान गुर्मछान, पनौती नगरपालिकाका बरिष्ठ प्रशासकिय अधिकृत इन्द्रप्रसाद अधिकारीले सापकोटाको कृतिका बारेमा आफ्नो भनाई राखेका थिए ।
कवि नरेन्द्र कुमार नगरकोटिको सन्चालनमा सम्पन्न उक्त कार्यक्रममा बिमोचित कृतिका नियात्राकार प्रदीप सापकोटाले यात्राको क्रमका केही रोचक घटना सहित आफ्ना अनुभुतीहरु सुनाएका थिए । उक्त पुस्तक शाब्दिक बुक्सले प्रकाशन गरेको हो ।
प्रतिक्रिया