सेयर बजारले फेरि बनायो नयाँ कीर्तिमान, ६ अर्बभन्दा बढीको शेयर खरीदविक्री

सेयर बजारले फेरि बनायो नयाँ कीर्तिमान, ६ अर्बभन्दा बढीको शेयर खरीदविक्री

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नयाँ रेकर्ड बनाउँदै गएको सेयर बजारले साताको पहिलो दिन आइतबार फेरि नयाँ रेकर्ड बनाएको छ ।

बुधबार इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले त्यो रेकर्ड तोड्दै सर्वाधिक विन्दुको कीर्तिमान बनाएको हो ।

नेप्सेले २३१५ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको हो । यसअघि बुधबार नेप्सेले इतिहासकै उच्च २२८७ विन्दु पार गरेको थियो । नेप्सेले २३०० विन्दु पार गरेको इतिहासमै पहिलो पटक हो ।

आइतबार सेयर बजार मापक सूचक नेप्से २८.४६ अंकले बढेर २३१५ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार २०८ कम्पनीको ६ अर्ब ३७ करोड ४२ लाख ६७ हजार ७८२ रुपैयाँ बराबरको १ करोड ५० लाख ३५ हजार २२१ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १२ वटा समूहमध्ये हाइड्रोपावर बाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । १५ कम्पनीको मूल्य करिब १० प्रतिशतले बढेको छ।

नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, प्रभु लाइफ इन्स्योरेन्स, गुराँस लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, किसान लघुवित्त वित्तीय संस्था, महिला सहयात्र माइक्रोफाइनान्स, आरम्भ चौतारी लघुवित्त र मञ्जुश्री फाइनान्सको मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ।

त्यस्तै गरिमा विकास बैंक, कामना सेवा विकास बैंक, जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडिसिएल) र कालिका माइक्रोक्रेडिटको मूल्य साढे ९ प्रतिशतभन्दा धेरैले बढेको छ।

ती कम्पनीको सेयर बिक्री गर्नेहरु छैनन् भने खरिदमा चाप छ। साल्ट ट्रेडिङ कम्पनीका लगानीकर्ताले १० प्रतिशत मूल्य कमाएका छन्।

यस दिन युनाइटेड फाइनान्सका लगानीकर्ताले भने सबैभन्दा धेरै ५.७ प्रतिशत मूल्य गुमाएका छन्। एभरेष्ट इन्स्योरेन्स संस्थापक समूहको मूल्य ३.३ प्रतिशतले घटेको छ।

कारोबारका आधारमा नेपाल टेलिकम अग्रस्थानमा रह्यो। सो कम्पनीको ५८ करोड रुपैयाँ बराबरको कारोबार हुँदा दोस्रोमा रहेको एनआइसी एसिया बैंकको २२ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भयो।

Recent Comments

No comments to show.