नुवाकोट । माघे संक्रान्ति पर्वका अवसरमा आज स्थानीय तारुका, वेत्रवाती र पञ्चकन्यामा करिब चालीस हल गोरु जुधाइएको छ ।
नुवाकोट तारुकामा हरेक वर्ष माघे संक्रान्तिका दिन गोरु जुधाउने गरिन्छ ।
हरेक वर्ष किसानले पालेका गोरु प्रतिस्पर्धाअन्तर्गतको ‘गोरु जुधाई प्रतियोगिता’लाई यस वर्ष पनि निरन्तरता दिइएको हो ।
हिउँदमा फुर्सदका समयमा खेतबारीमा गोरु जुधाइने पुरानै रीति भए पनि बझाङी राजा जयपृथ्वीबहादुर सिंह मामाघर आएका बेला भाञ्जालाई मनोरञ्जन दिलाउन गोरु जुधाइएको भनाइ छ ।
गोरु जुधाइ हेर्ने धादिङ, काठमाडौं, चितवनलगायतका ठाउँबाट समेत दर्शक गएका थिए ।
प्रतिक्रिया