काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार २४६ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये काठमाडौंमा १८९ जना, ललितपुरमा ३८ जना र भक्तपुरमा १९ जनामा संक्रमण पुष्टि भएको हो।
त्यस्तै, बुधबार नेपालमा थप ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार १४३ जना पुगेको छ।
साथै गत २४ घण्टामा ४१४ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ५९ हजार ७७२ पुगेको छ।
मन्त्रालयका अनुसार कोरोनामुक्त हुने दर नेपालमा ९७.६ प्रतिशत रहेको छ।
प्रतिक्रिया