काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलको नेतृत्वमा ३७ सदस्यीय निर्वाचन सुरक्षा परिचालन टोली गठन गरेको छ ।
आगामी वैशाख १७ र २७ गते हुने आमनिर्वाचनको तयारीस्वरुप उक्त टोली गठन गरिएको स्रोतले जानकारी दियो ।
उक्त टोलीमा एआईजी पोखरेलसहित प्रहरी नायब महानिरीक्षक (डीआईजी)द्वय दिवेश लोहनी र सुनिलकुमार श्रेष्ठ, १२ जना र अन्य एसएसपी, एसपी र डएसपी रहेका छन् ।
यसअघि सोमबार गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा बादले तीन वटै सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएका थिए।
प्रतिक्रिया