काठमाडौं । सिभिल बैंकले लाभांश घोषणा गरेको छ ।
बैंकको पुस २७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४२ प्रतिशत नगद गरि कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।
प्रतिक्रिया