ग्लोबल आइएमई बैंकको नयाँ शाखारहित बैंकिङ्ग सेवा कञ्चनपुरको कलुवापुरमा

ग्लोबल आइएमई बैंकको नयाँ शाखारहित बैंकिङ्ग सेवा कञ्चनपुरको कलुवापुरमा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । ग्लोबल आइएमई बैंकले कञ्चनपुरको कलुवापुर बजारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यस शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २४४ पुगेको छ ।

बैंकले कञ्चनपुर जिल्ला कृष्णपुर नगरपालिका वडा नं. ७, कलुवापुर बजारमा सञ्चालनमा ल्याएको शाखा रहित बैंकिङ्ग सेवाको उद्घाटन कलुवापुर बजार व्यवस्थापन समितिका अध्यक्ष हरि बहादुर गैरालतथा बैंकको सुदुरपश्चिम प्रादेशिक कार्यालय प्रमुख मुकुन्द प्रसाद भट्टले, संयुक्त रुपमा गरे । उक्तशाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिगंगाराम रानालाई नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवालिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथाझिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, एनटीसी,डिसहोम,सीडीएमए,यूटीएल,एनसीएल र एनइएको महसुलभुक्तानीगर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवालिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथापर्यटन मुख्यआयस्रोत रहेको यी क्षेत्रकाबासिन्दाले बैंकिङ्ग सेवाउपभोग गर्नकालागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागिग्लोबल आइएमई बैंकले ति स्थानहरुमाशाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ ।

ग्लोबल आइएमई बैंकले सब क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जाल सहित २४० एटिएम, ४७एक्सटेन्सनकाउण्टर तथा राजश्व संकलनकाउण्टर, २४४शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्पर्ककार्यालय मार्फतआफ्ना २१ लाखभन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ।

Recent Comments

No comments to show.