काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभाको आजको बैठकमा सम्बोधन गर्ने भएका छन् ।
बैठक आज आइतबार दिउँसो १ बजे बस्दै छ । देशको समसामयिक विषयमा बैठकमार्फत सम्बोधन गर्ने भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
प्रतिनिधिसभा विघटनपछि राष्ट्रियसभा मात्रै रहेको अवस्थामा सोही ठाउँबाट प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् । देशभर प्रतिनिधिसभा विघटनलाई लिएर पक्ष र विपक्षमा मानिसहरू विभाजित भएका छन् ।
सत्तारूढ नेकपा राजनीतिक रूपमा विभाजित भइसकेको अवस्था छ।
यसैबीच पुष १७ गतेबाट शुरू भएको राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजैदेखि अन्त्य हुन लागेको छ । राष्ट्रिय सभामा विजनेशनको अभाव देखाउँदै अधिवेशन अन्त्य गर्न लागिएको हो ।
राष्ट्रिय सभाको आज बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेपछि अधिवेशन अन्त्य गर्ने तयारी भएको बुझिएको छ । संविधानको धारा ९३ को उपधारा २ मा राष्ट्रपतिले संघीय संसदको दुवै वा कुनै सदनको अधिवेशनको अन्त्य गर्ने उल्लेख गरिएको छ ।
प्रतिक्रिया