सरकारविरुद्धको प्रदर्शनलाई सशक्त बनाउन तरुण दलको निर्देशन

सरकारविरुद्धको प्रदर्शनलाई सशक्त बनाउन तरुण दलको निर्देशन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको तरुण संगठन नेपाल तरुण दलले सरकारविरुद्धको प्रदर्शनलाई प्रभावकारी र सशक्त बनाउन मातहतका जिल्ला कमिटीहरुलाई निर्देशन दिएको छ ।

अध्यक्ष जितजंग बस्नेतले सोमबार बिहान परिपत्र जारी गरेर जिल्ला कार्यसमितिहरुलाई संसद विघटनविरुद्ध कांग्रेसले घोषणा गरेको दोस्रो चरणको आन्दोलनलाई प्रभावकारी बनाउन निर्देशन दिएका हुन् ।

उनले पार्टीसँग समन्वय गरि सबै तह, तप्का र निकायका तरुणहरुलाई आन्दोलनमा सक्रिय रुपले सहभागी गराउन तरुण दलका जिल्ला कार्यसमितिहरुलाई निर्देशन दिएका छन् ।

‘नेपाल कम्यूनिष्ट पार्टीको के.पी. शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंबैधानिक र अलोकतान्त्रिक कदम, व्याप्त भ्रष्टाचार, कोभिड-१९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनको विरुद्धमा नेपाली काँग्रेस पार्टीले तपशिल बमोजिमका विरोध प्रदर्शनका कार्यक्रमहरु गर्ने भएकोले उक्त विरोध कार्यक्रमलाई अझ बढी प्रभावकारी र सशक्त बनाउनका लागि नेपाल तरुण दलको त्यस जिल्ला समितिले जिल्ला पार्टी संग समन्वय गरी त्यस जिल्ला समिति अन्तर्गतका सबै तह, तप्का र निकायका तरुणहरुलाई सक्रिय रुपले सहभागी गर्न/गराउन नेपाल तरुण दल केन्द्रिय समिति यसै परिपत्र मार्फत निर्देशन गर्दछ,’ अध्यक्ष बस्नेतले जारी गरेको परिपत्रमा भनिएको छ।

काँग्रेस केन्द्रीय समितिले आइतवारमात्र पुस २५ गते शनिवार ३३० प्रदेश सभा निर्वाचन क्षेत्रहरुमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने निर्णय गरेको छ। त्यसैगरी माघ ३ गते देशैभरका ७५३ स्थानीय तहमा विरोध सभा आयोजना गर्ने र माघ ८ गते ६,७४३ वडाहरुमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने निर्णय गरेको छ।

Recent Comments

No comments to show.