कक्षा १२ को नतिजा माघको पहिलो साताभित्र सार्वजनिक गर्ने तयारी

कक्षा १२ को नतिजा माघको पहिलो साताभित्र सार्वजनिक गर्ने तयारी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले जति सक्दो चाँडै कक्षा १२ परीक्षाको नतिजा सार्वजनिक गर्ने जनाएको छ ।

बोर्डका अनुसार परीक्षाको उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण कार्य सकिएको र इन्ट्री कार्य जारी रहेको छ । कोभिड–१९ ले गर्दा विद्यार्थीको कूल सय पूर्णाङ्कमा ४० प्रतिशत अंक भारको परीक्षा लिइएको हो। सम्बन्धित विद्यालयको आन्तरिक मूल्यांकन २० प्रतिशत र कक्षा ११ को विषयगत प्राप्तांक ४० प्रतिशत रहेको छ ।

बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार सम्बन्धित विद्यालयले विद्यार्थीको डाटा, सिम्बोल नम्बर भरेको हुँदा उल्टोपाल्टो देखिएकाले इन्ट्री गर्ने काम ढिलो भएको हो । इन्ट्री सकिएलगत्तै रुजु गरिने उनले बताए । अर्यालका अनुसार सकेसम्म पुसभित्र नत्र माघ पहिलो साता नतिजा सार्वजनिक हुनेछ ।

गत मंसिर ९ देखि १६ गते सम्पन्न परीक्षामा ४ लाख ३३ हजार १ सय ८० परीक्षार्थी सहभागी छन् । कोरोना भाइरस प्रभावित विद्यार्थीका निम्ति यही पुस १६ गतेबाट २३ गतेसम्म लिइँदैछ । ती परीक्षार्थीको नतिजासमेत एकसाथ प्रकाशन हुनेछ ।

Recent Comments

No comments to show.