काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी शर्मा ओली देशको प्रधानमन्त्री हुन योग्य नभएको बताएका छन् ।
प्रधानमन्त्री के पि शर्मा ओलीले शनिबार एक कार्यक्रममा सम्बोधनका क्रममा प्रतिनिधि सभालाई कुहिएको छानो भनेको विषयमाथि टिप्पणी गर्दै नेता पौडेलले ओली तानाशाह प्रवृतिको भएको टिप्पणी गरेका छन् ।
नेता पौडेल सामाजिक संजाल टुइटर मार्फत ट्विट गर्दै भनेका छन्, ‘प्रतिनिधिसभालाई कुहिएको छानो भन्ने, संविधानमा हुँदै नभएको विशेषाधिकारको गुड्डी हाँक्ने प्रधानमन्त्री केपी ओली तानाशाह प्रवृत्ति हुन् । उनी नेपालको प्रधानमन्त्री रहन योग्य छैनन् ।’
प्रतिक्रिया