होमियोप्याथिक चिकित्सा सम्बन्धी जानकारीमूलक कार्यक्रम सम्पन्न

होमियोप्याथिक चिकित्सा सम्बन्धी जानकारीमूलक कार्यक्रम सम्पन्न

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जनभावना होमियोप्याथिक एन्ड होलिस्टिक हस्पिटल प्रालिको आयोजनामा सम्पन्न होमियोप्याथिक चिकित्सा सम्बन्धी जानकारीमूलक कार्यक्रम हिजो काठमाडौंमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रम संस्थाका अध्यक्ष डा खगेन्द्र कटुवालको सभापतित्वमा संचार केन्द्र नेपालको सभाहलमा सम्पन्न भएको थियो।

कार्यक्रममा होमियोप्याथिक बिज्ञ डा. आशा चौधरी, अखिल नेपाल होमियोप्याथिक एसोसिएसनका केन्द्रिय सदस्य डा. सुरेन्द्र श्रेष्ठ र नेपाल हेल्थ अर्गनाइजेसनका केन्द्ररीय अध्यक्ष राम शरण थापाको समेत उपस्थितिि थियो।

अधिबक्ता गणेश दाहाल, नेपाल पत्रका महासङ्घका केन्द्रीय सदस्य गोबिन्द चौलागाईं, नेपाल स्वास्थ्य पत्रिका महासङ्घका केन्द्रिय अध्यक्ष पदम, राससका केन्द्रिय सदस्य डिल्लीराम भट्टराई लगायतले आ-आफ्नो धारणा र जिज्ञासा राख्नु भएको थियो।

राष्ट्रिय होमियोप्याथिक चिकित्सा विकास समितिका अध्यक्ष समेत रहनुभएका डा. खगेन्द्र कटुवालले होमियोप्याथिक चिकित्साको वर्तमान अवस्था, सम्भावना र चुनौतीको बारेमा जानकारी गराउनुभएको थियो।

होमियोप्याथिक उपचार पद्धतिलाई आयुर्वेद र एलोप्याथिक चिकित्साको उन्नत रूपमा आविष्कार गरिएको भएतापनि नेपालमा बिकास हुन किन सकेन भनेर उहाँले स्पष्ट पार्नुभएको थियो।

प्राकृतिक रोगप्रतिरोधात्मक क्षमताको विकास गरी सबै प्राकृतिक रोगहरुलाई स्थायी रूपमा निको पार्न सक्ने उपचार पद्धति हाेमियाेप्याथिक नै भएतापनि नेपाली समाजलाई बुझाउन नसकिएको बताउँदै सरकार र सिङ्गो समाजले सचेत भइ हाेमियाेप्याथिक उपचारलाई राष्ट्रिय कार्यक्रम बनाई लागू गर्नुपर्ने बताउनुभयो।

कोरोना बिरुद्ध लड्ने र निको पार्न रोग प्रतिरोधात्मक क्षमताको विकास गर्न होमियोप्याथिक उपचार सक्षम छ भनि नेपाल सरकारले गत बैशाख १५ गते नै निर्देशिका जारी गरेपनि अहिले सम्म कुनै कार्यक्रम नआएकोले अब सर्बोच्च अदालतलाई सहयोगको लागि अपिल गर्ने समेत उहाँले बताउनुभयो।

अहिले बेलायत लगायत विभिन्न मुलुकमा नयाँ प्रकृतिकाे कोरोनाको सङ्क्रमण देखिन थालेको अवस्थामा सरकारले जारी गरेको होमियोप्याथिक प्रोटोकललाई कार्यान्वयन गरेमा सजिलै कम खर्चमा नेपालमा कोरोनालाई परास्त गर्न सकिने कुरा समेत कार्यक्रममा जानकारी गराइएको थियो।

Recent Comments

No comments to show.