पुनः श्रम स्वीकृतिका लागि विभाग जानु नपर्ने, अनलाइनबाट कसरी दिने आवेदन?

पुनः श्रम स्वीकृतिका लागि विभाग जानु नपर्ने, अनलाइनबाट कसरी दिने आवेदन?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले शुक्रबारदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति दिने भएको छ।

वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै अनलाईन प्रणालीबाट पुन स् श्रम स्वीकृतिको कार्य शुक्रबारबाट खुला गर्ने जानकारी दिएको हो।

‘श्रम स्वीकृति लिन चाहने बैदैशिक रोजगारीमा कार्यरत नेपाली नागरिकहरुले म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाईन माध्यमबाट नै श्रम स्वीकृतिको आवेदन दिई श्रम स्वीकृति प्राप्त गर्न सकिने गरी अनलाईन प्रणालीबाट पुन: श्रम स्वीकृतिको कार्य १७ गतेबाट सूचारु हुने छ।’ सूचनामा भनिएको छ।

एकपटक विभागको अनलाइन प्रणालीबाट बायोमेट्रिक्स् (आँखाको स्क्यान वा फिङ्गरप्रिन्ट अर्थात औँठाछापको स्क्यान) गरेर श्रम स्वीकृति लिइसकेका श्रमिकले अनलाइनमार्फत शुक्रबारदेखि पुनः श्रम स्वीकृति लिन सक्नेछन् ।

अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिन विभागको वेवसाइट www.dofe.gov.np मा गई अनलाइन श्रम स्वीकृति एफइआइएमएसमार्फत फारम भर्नुपर्छ । फारम भरेपछि शाखा छान्ने बेलामा अनलाइन ब्रान्च छान्नुपर्छ ।

श्रम स्वीकृतिको क्रममा कुनै कारणले आवेदन रद्द भएमा त्यसको कारणसहितको एसएमएस आवेदकको मोवाइल र आवेदन गर्दाको यूजर अकाउन्टमा सूचना आउनेछ । त्यसकारण फारम भर्दा आफ्नो मोवाइल नम्बर र इमेल ठेगाना सही प्रयोग गर्नपर्छ । साथै श्रम स्वीकृतिको लागि आवेदन गर्दाको यूजरनेम र पासवर्ड सुरक्षित राख्नपर्छ ।

श्रम स्वीकृति प्राप्त भएपछि आवेदकको फारम भर्दाको एफइआइएमएसको यूजर अकाउण्ट र इमेल ठेगाना दुवैमा श्रम स्वीकृतिको निस्सा प्राप्त हुनेछ । तपाईँ आफैंले आवश्यकता अनुसार त्यसलाई प्रिन्ट गर्न सक्नुहुन्छ ।

पुनः श्रम स्वीकृति लिंदा म्यादी जीवन बिमा र कल्याणकारी कोषको रकम अनलाइनमार्फत नै तिर्न सकिन्छ । यसरी अनलाइनमार्फत तिर्दा कुनै शुल्क लाग्दैन । ईसेवा फोन पे प्रालि, स्प्यारो पे प्रालिबाट रकम तिर्न सकिने वैदेशिक रोजगार विभागले जनाएको छ ।

म्यादी जीवन बिमा र कल्याणकारी कोषको रकम अनलाइन भुक्तानी प्रदायकमार्फत भुक्तानी गर्न सकिनेछ। अनलाइन भुक्तानी गर्दा थप शुल्क नलाग्ने विभागले जनाएको छ।

Recent Comments

No comments to show.