काठमाडौं । नेपाली बजारमा मंगलबार घटेको सुनको मूल्य आज फेरि बढेको छ ।
मंगलबार सुनको मूल्य प्रतितोला ९४ हजार १ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९४ हजार २ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९३ हजार ७ सय निर्धारण गरिएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १३०५ रहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया